पोखरा आएर उपमहासचिव ज्ञवालीले भने –सुन प्रकरणमा गृहमन्त्री पुरै फेल (भिडियोसहित)

पाेखरा | साउन ९, २०८०

पोखरा आएर उपमहासचिव ज्ञवालीले भने –सुन प्रकरणमा गृहमन्त्री पुरै फेल (भिडियोसहित)

पोखरा:   नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सुन तस्करी प्रकरणमा गृहमन्त्री पूरै फेल भएको बताएका छन् । 

 

प्रेस चौतारी कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमालेका महासचिव ज्ञवालीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पूरै फेल भएको बताएका हुन् । 

 

उनले त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलमा गृहमन्त्रालय अन्र्तगतका मातहतको कर्मचारी हुँदा हुँदै राजश्वका विभागले सुन तस्करलाई नियन्त्रणमा लिनुले गृहमन्त्री पूरै फेल भएको प्रष्ट भएको दाबी गरे ।

 

 

 

‘त्रिभुवन विमानस्थलमा गृहमन्त्रालय मातहतका अध्यागन, भित्री र बाहिरी घेराको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत अनुसन्धानको टोली हुन्छ’, ज्ञवालीले भने, ‘गृहमन्त्रालय अन्र्तगतका सुरक्षा घेराबाट भन्सार पास भएर पनि राजश्व विभागले सुन समात्नु भनेको गृह प्रशासन पूरै फेल हो ।’ 

 

उनले त्यही ढंगका सामान २१÷२२ पटक सम्म यसरी सामान पास भएको भन्दै यसको छानबिन गर्न माग गरे । 

 

उनले नेकपा माओवादीलाई कटाक्ष गर्दै टेबुल सफा गर्नु अगाडि पहिला आफ्नो हात सफा गरेर भष्ट्रचारका फाइल खोल्न समेत आग्रह गरे ।

 

‘अहिलेको सरकार लडाकु घोटोला शिविर काण्डको फाइल खोल्न चाहँदै, पहिला आफुमा लागेको दाग मेटाएर आउनुहोला’, उनले भने, ‘लडाकु शिविरको फाइल खोलेर आउनुहोला, वाइडबडी, ललिता निवास लगायतको फाइलमा सहयोग गर्न हामी तयार छौं ।’

 

उनले अहिलेको सुन तस्करी प्रकरणमा सरकारले सत्ता निकट नेतालाई बचाउन खोजिएको आरोप समेत लगाए । 

 

सुन तस्करी प्रकरण पूर्वसभामुख र उनका छोरालाई सरकारले अनुसन्धानको दायरामा ल्याउनु नसक्न  सत्ता निकटका नेतालाई बचाउन खोजिएको आरोप पुष्टि भएको उनको आरोप छ ।

 

एमाले उपमहासचिव ज्ञवालीले सरकारले अहिलेको परिस्थितिमा नीजि क्षेत्रका व्यवसायीहरुलाई हतोत्साहित बनाएको आरोप लगाए । 

 

‘बजारमा सटर खाली भाडामा भन्ने लेखिएको पोस्टर बजार भरी छ, ठेकेदार निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन सकेको छैन’, उनले भने । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्